गाजामा धेरै मानिस रोगबाट मर्न सक्ने विश्व स्वास्थ्य संगठन चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा स्वास्थ्य र सरसफाइ प्रणालीमा सुधार नगरिए गाजा पट्टीमा भएको बम विष्फोटबाट भन्दा धेरै मानिसको मृत्यु रोगबाट हुन सक्ने बताएको छ।

इजरायलले युद्धविराम अघि गाजामा बिजुली र पानीको आपूर्ति रोकेको थियो। गैरसरकारी संस्था अक्सफाम र संयुक्त राष्ट्रसंघीय एजेन्सीले गाजामा पानी र बिजुली काट्दा हैजाजस्ता घातक रोग फैलिने खतरा बढ्ने चेतावनी दिएका थिए।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो। उसले इजरायल विरुद्धको आफ्नो अभियानको नाम ‘अल-अक्सा फ्लड’ राखेको छ। जवाफमा इजरायली सेनाले हमासविरुद्ध ‘स्वार्ड्स अफ आइरन’ अपरेशन सुरु गरेको थियो।

हमासका सैन्य कमाण्डर मोहम्मद डेफले यो हमला इजरायलले जेरुसेलमको अल-अक्सा मस्जिदको अपमानको बदला हो। वास्तवमा, इजरायली प्रहरीले अप्रिल २०२३ मा अल-अक्सा मस्जिदमा ग्रेनेड प्रहार गरेको थियो। उही समयमा हमासका प्रवक्ता गाजी हमादले अल जजीरालाई भने, ‘यो कारबाही इजरायलसँग नजिक भइरहेका अरब देशहरूलाई हाम्रो जवाफ हो। हालैका दिनहरूमा, मिडिया रिपोर्टहरूले दावी गरेका थिए कि साउदी अरेबियाले अमेरिकाको पहलमा इजरायललाई एक देशको रूपमा मान्यता दिन सक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर