रोनाल्डोको पेनाल्टीप्रतिको सदाशयता !

काठमाडौं ।  स्टार फुटबलर क्रिस्टियानाे राेनाल्डाेले एसियन च्याम्पियन्स लिग (एसीएल) मा पर्सेपाेलिससँगकाे खेलमा गजबकाे खेल भावना देखाएका छन् । गए राति रियादमा इरानकाे पर्सेपाेलिस क्लबसँगकाे खेलमा साउदी क्लब अल नासरलाई दिइएकाे पेनाल्टी राेनाल्डाेले लिन मानेनन् । खेलकाे दाेस्राे मिनेटमै पर्सेपाेलिसका खेलाडीले राेनाल्डाेलाई लडाएपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । तर लगत्तै रोनाल्डोले विपक्षीबाट ‘फाउल’ नभएको भन्दै रेफ्रीलाई पेनाल्टी दिने निर्णय उल्टाउन भने ।

रोनाल्डोको आग्रहपछि भीडिओ असिसटेन्ट रेफ्री (भिएआर) को सहायताले रेफ्रीले पेनाल्टीकाे निर्णय रद्द गरे । अल नासर र पर्सेपाेलिसबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे थियाे । खेलकाे १७ औँ मिनेटमै अल नासरका अली लाजामीले रातो कार्ड बेहाेरेका थिए । अल नासर यसअघि नै नकआउट चरणका लागि छनोट भइसकेको थियो । क्रिस्टियानाे राेनाल्डाेले खेल भावना देखाएकाे भन्दै अहिले चाैतर्फी प्रशंसा भइरहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर