मंगलबार पनि नेप्सेको ओरालो यात्रा

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से आज थप २.१७ अंकले घट्दै १८९४.५३ बिन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । १०२ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत्‌ छ ।

आज कारोबार भएकामध्ये बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर ३९४.८० रुपैयाँ पुगेको छ । नारायणी विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक ५.३३ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य २० रुपैयाँले घट्दै ३५५ रुपैयाँ कायम भएको छ । आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ८ करोड ५९ लाख बराबरको कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर