दुर्गा प्रसाईंलाई काठमाडौं प्रवेशमा रोक, पेप्सीकोला उता जान दिइएन

काठमाडौं । जिल्ला प्रशासनले गणतन्त्रविरोधी अभियानका नेता दुर्गा प्रसाईंलाई काठमाडौ. जिल्ला प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । विरोध प्रदर्शनका लागि गौशाला हिँडेका प्रसाईंलाई मंगलबार पेप्सीकोलाबाटै प्रहरीले फर्काइदिएको छ । प्रसाईं भक्तपुरको सानोठिमीबाट कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा गौशाला हिँडेका थिए । प्रसाईंलाई गौशाला जाने अनुमति छैन भन्दै प्रहरीले रोक लगाएको हो ।

प्रहरीका अनुसार प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ । प्रसाईं समूहले हिजो सोमबार  गौशालामा गरेको प्रदर्शनमा सामान्य झडप भएको थियो । राष्ट्र, राष्ट्रियतासँगै नागरिक बचाऊका लागि भन्दै प्रसाईंको फोर्सले प्रदर्शन गर्दै आएको छ ।

यसैबीच प्रसाईंले आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । सोमबार साँझ पत्रकार सम्मेलन गर्दै उनले आफूहरुसँग आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

सबै संसदवादी पार्टीहरु सकिएकाले आन्दोलन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले भने,’आन्दोलन रोकिँदैन । अब सबै पार्टीहरु सकिए । हामी अगाडि आन्दोलन गर्नुको विकल्प छैन । एमालेसँगै सबै संसदवादी पार्टी अब सकिए ।’ पार्टीहरुको नेतृत्वकै कारण अहिलेको व्यवस्था जान लागेको उनको जिकिर थियो । ‘यो व्यवस्था यिनै पार्टीको नेतृत्वले गर्दा जाने भयो,’ उनले भने ।

उनले गौशालामा आफूहरुले गरेको कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै त्यसप्रति आक्रोश पोखे  । पक्राउ परेका आफ्ना समर्थकहरुलाई रिहा गर्न उनले मागसमेत गरे । प्रसाईंले मंगलबार पुनः गौशालामै आफूहरुले प्रदर्शन गर्ने बताए । आफूहरुले आन्दोलनका लागि सरकारसँग कुनै ठाउँ नमाग्ने र माइतीघरमा आन्दोलन गर्न नदिए चोकचोकमा प्रदर्शन गर्ने उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर