एनएसएल – चितवन र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा मंगलबार एफसी चितवन र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुदैछ । काठमाडौंको दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । चितवनले भने पहिलो खेल पोखरा थन्डर्ससँग गुमाएको थियो ।

घरेलु फुटबलका सर्वाधिक सफल प्रशिक्षक बालगोपाल महर्जन नेतृत्वको काठमाडौं दोस्रो संस्करणमा समेत बलियो देखिएको छ । पहिलो खेलमा इलामलाई हराएर काठमाडौंले आफुलाई अब्बल साबित गरिसकेको छ ।

खेलाडीलाई सदुपयोग गर्न जान्ने खुबी र ट्याक्टिस चलाउन माहिर बालगोपालनै चितवनका लागि मुख्य टाउको दुखाई बन्न सक्छन् ।
चितवनले टिम अनुसारको प्रर्दशन पोखराविरुद्ध गर्न सकेन । नेपालको घरेलु लिगमा चलेका टोरिक जेब्रिन सहित राम्रा विदेशी खेलाडी अनुबन्ध गरेको चितवनले पहिलो खेलमा खासै प्रभाव जमाउन सकेन ।

घरेलु फुटबलका स्टार फुटबलर बिमल घर्तिमगर, नवयुग श्रेष्ठ, मार्की समेत रहेका कप्तान विशाल श्रेष्ठले स्वभाविक खेल प्रर्दशन गरेको खण्डमै पनि काठमाडौंलाई गाह्रो पर्न सक्छ । तर छोटो समयको तयारी र खेलाडीबीच तालमेलको अभाव चितवनको टिममा प्रस्ट देखिन्छ । दोस्रो खेलमा त्यही ग्याप सुधारको प्रयास चितवनले गर्नेछ ।

स्वभाविक रुपमा काठमाडौं लगातार दोस्रो जितको खोजीमा हुनेछ । चितवनलाई भने पहिलो जित निकाल्ने दबाब यसैपनि पर्नेछ । काठमाडौंसँग ३ अंक छ । चितवन अंक विहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर