आज भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल

काठमाडौं ।  भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ ।

आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट्रेलियालाई आज जित्नैपर्ने दबाब छ । तेस्रो टी–२० खेल नेपाली समय अनुसार आज बेलुका सवा ७ बजे गुवाहाटीमा हुनेछ ।

पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अघिल्लो हप्ता सम्पन्न एकदिवसीय विश्व कप क्रिकेटमा भारतलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर