मौसम : देशभर आंशिक बदली रहने सम्भावना

काठमाडौं ।  पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा बदलीको आंशिक अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदली आंशिक बदली रहेको छ ।

काठमाडौं उपत्यकामा बदलीका कारण बिहान चिसो बढेको छ। दिउँसोबाट बादल हटेर घाम लाग्ने देखिन्छ । कोशी प्रदेशमा दिउँसोभरि नै बदलीको अवस्था रहने छ। मधेस प्रदेशमा दिउँसोबाट सुधार हुनेछ ।  त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको बदलीको अवस्था दिउँसोबाट सुधार हुने  सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर