अर्थमन्त्रीले संसदीय गतिविधिलाई नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् ।

संसदीय समितिका सभापतिहरुसँग सोमबार समितिको कामकारबाहीलाई अघि बढाउनेबारे सिंहदरबारमा छलफल गर्दै उनले संसद र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेको पनि बताए ।
सभामुख घिमिरेले नियमित समयबाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको जानकारी दिँदै उनले विगतमा संसदलाई विभिन्न विदेशी एवम् दातृ निकायहरुबाट सहयोग प्राप्त हुने भए पनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम हुँदै गएको बताए ।

उनले संसदीय गतिविधि अघि बढाउन आर्थिक पोटोलाई अर्थमन्त्री डा. महतले नियन्त्रण गरेको दोष लगाए । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने औंल्याए । सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरुलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद र संसदीय समिति चल्न कठिन रहेको बताए । सभामुख घिमिरेले समिति बनेको पाँच महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर