सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा, पाँच सय रुपैयाँले महँगो

काठमाडौं ।  सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएकाे हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर