एभर्टनमाथि युनाइटेडको जित

काठमाडौं ।  अलेजान्द्रो गार्नाचाेले ‘वर्ल्ड क्लास’ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ३-० ले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत एभर्टनको घरेलु मैदानमा घरेलु दर्शकलाई स्तब्ध पार्ने क्रममा सुरुवातमा नै युनाइटेडले गोल गरेको थियो।

१९ वर्षीय गार्नाचाेले डियोगो डालोटको क्रसलाई आकर्षक ‘फ्लाइङ ओभरहेड किक’ मार्फत सानदार गोल गर्दै तेस्रो मिनेटमानै युनाइटेडलाई अग्रता दिलाए। उनको यो गोललाई फुटबल विष्लेषक ग्यारी नेभिलले वर्षको उत्कृष्ट गोल भएको बताए। उनले भने ‘इंग्लिस प्रिमियर लिगमा अलेजान्द्राे गार्नाचाेको यो गोल सर्वकालीन महान गोलहरूमध्ये एक हो।’

युनाइटेडविरुद्ध त्यसपछि खेलमा फर्किने केही सुन्दर मौका एभर्टनले गुमाउँदा थप गोल खान पुगेको थियो। भिएआरको सहयोगमा ५६ औं मिनेटमा युनाइटेडले पेनाल्टी प्राप्त गर्दा उक्त मौकालाई रासफोर्डले सदुपयोग गर्दा युनाइटेड २-० ले अग्रता बनाउन सफल भएको थियो। टिमका लागि तेस्रो गोल एन्थाेनी मार्टियलले ७५ औं मिनेटमा सम्भव बनाए।

जितपछि युनाइटेड १३ खेलबाट २४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। लिगमा १३ खेलबाट ३० अंकका साथ शीर्ष स्थानमा रहँदा सिटी २९ अंकका साथ दोस्रो तथा लिभरपुल र एस्टन भिल्ला समान २८ अंकका साथ तस्रो र चौंथो स्थानमा रहेका छन्। टोटेनह्याम भने एस्टन भिल्लासँग २-१ ले पराजित हुँदा २६ अंकका साथ पाँचौं स्थानमा धकेलियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर