भारतीय शेयर बजारको कार्यशैलीमा ठूलो परिवर्तन

काठमाडौं ।  भारतीय शेयर बजारको कार्यशैलीमा ठूलो परिवर्तन हुने भएको छ । यो परिवर्तन शेयर कारोबार गर्ने लगानीकर्ताका लागि निकै लाभदायक हुनेछ,अब खरिद बिक्रीको भुक्तानी कारोबारको दिनमा नै हुनेछ । अर्को शब्दमा, भारतमा शेयर कारोबारको लागि टी प्लस शून्य प्रणाली लागू गरिनेछ। यो परिवर्तन मार्च २०२४ देखि लागू हुन सक्छ।

बजार नियामक सेक्युरीटी बोर्ड अफ इण्डिया(सेबी) का अध्यक्ष माधवी पुरी बुचले सञ्चालक समितिको बैठकपछि शेयर खरिदबिक्रीको दिनमा भुक्तानी योजना लागू गर्न लागेको जानकारी दिए । यति मात्र होइन, आगामी वर्ष अर्थात् २०२५ मा तत्काल भुक्तानी प्रणालीको पनि विचार भइरहेको छ । यद्यपि, यी नियमहरू ऐच्छिक हुनेछन्।

सेबीका अध्यक्ष माधवी पुरी बुचले शेयर कारोबारसम्बन्धी यो नियममा परिवर्तन गर्नुपर्ने लामो समयदेखि माग रहेको बताइन् । यी मागहरूका कारण हामीले यसबारे धेरै गहिरो छलफल गर्‍यौं ।

सेबीका अध्यक्ष पुरी बुचले शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै सो जानकारी दिएकी हुन् । भारतमा टी प्लस १ सेटलमेन्ट लागू छ र यस अन्तर्गत, स्टक बेच्ने-किन्ने भोलिपल्ट भुक्तानी गरिन्छ। यो प्रणाली यस वर्ष शेयर कारोबारका लागि लागू गरिएको थियो भने यसअघि शेयर बजारमा टी प्लस २ प्रणाली लागू भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर