हमासद्वारा दुई दिनमा ४१ बन्धक रिहा

काठमाडौं । हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ ।

इजरायल र हमासबिचको चार दिने युद्धविराम सुरु भएसँगै हमासले बन्धक रिहा गरेको हो । बदलामा इजरायलले पनि आफ्नो देशका कारागारमा रहेका प्यालेस्टाइनी बन्दीहरु छाडेको छ ।

अमेरिकी समाचार संस्था सि।एन।एन।का अनुसार हमास लडाकुले शनिबार १३ जना इजरायली तथा चार जना थाइ नागरिकलाई रिहा गरेको छ ।

शुक्रवार हमासले १३ जना इजरायली, १० जना थाई तथा एक जना फिलिपिनी बन्धकलाई छाडेको थियो । दुई दिनमा हमासले २६ इजरायली, १४ थाई तथा एक जना फिलिपिनोलाई रिहा गरेको छ ।

इजरायलले पनि दुई चरणमा ७८ जना प्यालेस्टाइनी बन्धकलाई रिहा गरेको छ । इजिप्ट र कतारको मध्यस्थतामा भएको समझौता अनुसार हमास लडाकुले चार दिनमा ५० इजरायली बन्धकलाई छाड्नेछ भने इजरायलले पनि १ सय ५० प्यालेस्टाइनी कैदीबन्दीलाई रिहा गर्नेछ ।

यसबाहेक थाइल्याण्ड सरकारले पनि कतार र इजिप्टको सहयोगमा हमाससँग अलग्गै वार्ता गरेर आफ्ना नागरिकहरुलाई रिहा गराइरहेको छ ।

गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको हमासले १२ सय इजरायली नागरिकको हत्या गरेको थियो भने विभिन्न देशका २ सय ४० नागरिकलाई बन्धक बनाएको थियो । त्यसपछि गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गर्दा १४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर