भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज

काठमाडौं ।  भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे हुनेछ । भारतले बिहीबार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलबार, चौथो खेल शुक्रबार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ । गएको आइतबार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एकदिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर