सुन तोलामा ६ सय वृद्धि

काठमाडौं ।  सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा १ लाख १६ हजार ३ सय रुपैयाँ थियो ।

गएको कात्तिक १२ गते सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर