इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमा

काठमाडौं । वैकल्पिक खेलाडीका रुपमा मैदानमा आएका काइ हाभरटेजले खेलको ८९ औं मिनेटमा गरेको गोल मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । यस जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

यसअघि भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले १–१ को बराबरी खेलेपछि आर्सनललाई अवसर बनेको हो । आर्सनलको १३ खेलबाट ३० अंक भएको छ । उसको पछाडि सिटीको २९ र लिभरपुलको २९ अंक छ ।

शनिबारको प्रमुख खेलमा न्युकासल युनाइटेडले चेल्सीमाथि ४–१ को प्रभावशाली जित निकाल्यो । यस्तै वेस्ट ह्यामले बर्नलीलाई २–१, लुटन टाउनले क्रिस्टल प्यालेसलाई २–१, ब्राइटनले नटिङघम फरेस्टलाई ३–२ र बर्नमाउथले सेफिल्ड युनाइटेडलाई ३–१ ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर