पेरिसको स्टेन्स शहरमा आगलागी, तीनजना महिलाको मृत्यु

काठमाडौं ।  उत्तरी पेरिसको उपनगरमा रहेको एउटा भवनमा शनिबार भएको भीषण आगलागीमा परी तीनजना महिलाको मृत्यु भएको छ । सोही क्रममा यस दुर्घटनामा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । पेरिसबाट १५ किलोमिटर टाढा आप्रवासी बाहुल्य शहर स्टेन्सको एउटा भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुका अनुसार २४ वटा दमकल र ८८ जना दमकलकर्मीले आगो नियन्त्रणमा लिन निकै मेहनत गर्नुपरेको थियो । तर, आगो नियन्त्रण गर्ने क्रममा एक जना दमकलकर्मी सामान्य घाइते भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर