कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका फिजिसियन डा सुभाष जिसीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो।

उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो। उनलाई दमको पनि समस्या रहेको चिकित्सकले जनाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर