सिफलमा दुर्गा फोर्सको प्रदर्शन देखिएन, प्रहरीको उपस्थिति पर्याप्त

काठमाडौं । दुर्गा प्रसाईँको नागरिक बचाऊ आन्दोलनमा आज न्यून संख्यामा प्रदर्शनकारी देखिएका छन् ।  तीनकुनेमा शुक्रवार प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो । आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईँ समूहले गरेको थियो ।

सिफल चौरमा बिहान साढे ११ बजेका लागि कार्यक्रम राखिएको सह प्रवक्ता राजानन्द माण्डव्यले बताएका थिए । तर अहिले त्यहाँ आन्दोलनकारीको नामोनिसान छैन । छन् त केवल नेपाल प्रहरी तैनाथ । प्रहरी ठूलो संख्यामा सिफल क्षेत्रमा परिचालन गरिएको छ । त्यहाँ वरिपरिका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् । प्रसाई भने अहिले आफ्नाे निवासमा नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर