भारतमा प्याज र दालको मूल्य वृद्धि हुने संकेत

काठमाडौं ।  भारतको दिल्लीको खुद्रा बजारमा प्याज र दालको मूल्य उच्च रहेको छ । यता, अनियमित वर्षाका कारण महत्वपूर्ण प्याजको रोपाइ घटेको छ । पछिल्लो एक महिनादेखि खुद्रा बजारमा रहर, मुग, चनाको दाल पनि महँगो भएको छ । गत वर्षको तुलनामा २०२३ नोभेम्बर १७ सम्म मुलुकमा करिब ८ लाख ८७ हजार हेक्टर कम क्षेत्रफलमा बाली उत्पादन भएको छ । सबैभन्दा धेरै गहुँ र दाल बाली रोपाइमा असर परेको छ ।

भारत सरकारले प्याजको मूल्य नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । दिल्लीका विभिन्न क्षेत्रका आम मानिस कृषि भवन बाहिर लाइनमा उभिरहेका छन्। उनले नाफेडको मोबाइल भ्यानबाट प्रतिकिलो २५ रुपैयाँमा सहुलियत दरमा प्याज पाउँदै आएका छन् । प्रयासका बाबजुद तरकारी बजारमा माग र आपूर्तिअनुसार प्याज पुग्न नसकेको र खुद्रा बजारमा यसको मूल्य उच्च रहेको छ ।

नाफेडको नजिकको खुद्रा बजारमा प्याजको मूल्य ६०–८० रुपैयाँ प्रतिकिलो छ । नाफेड र एनसीसीएफले सहुलियत दरमा प्याज बिक्री बढाउनुपर्छ ताकि धेरैभन्दा धेरैले सस्तो प्याज किन्न सकून् भन्ने आम नागरिकको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर