गठबन्धन सरकार दुर्गा प्रसाईंसँग डराएर थर्कमान : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार दुर्गा प्रसाईंसँग डराएको बताएका छन् । उनले प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरे । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन भए पनि सरकारको जग नभएको बताए ।

उनले भने, हिजो बल्खुमा भोलि उठि कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन । केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए । यो सरकार त्यतिकैमा थर्कमान छ । पाँच सात हजार मान्छे यसो हेर्न आए होलान् । जग नै नभएको सरकार भएकाले अहिले थर्कमान छ । एउटा किलो गाडेको छ भने हल्लिँदैन । यसो थेप्चो थेप्चो पारेर राखेको छ भने हावा आएर पनि ढलिहाल्छ । यो सरकार त्यस्तै हो । गठबन्धन छ । जरा छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर