दुर्गा प्रसाईं घरमै नजरबन्द, प्रदर्शनस्थलमा आउन रोक

काठमाडौं । गणतन्त्रविरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रदर्शन स्थल तीनकुनेमा आउन प्रहरीले रोकेको छ। ११ बजे तीनकुनेमा जम्मा हुने भनेका उनलाई प्रहरीले घरबाटै बाहिर निस्किन नदिएको हो। प्रसाईंको भक्तपुर ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका छन्।

त्यस्तै, प्रदर्शनका लागि तोकिएको तीनकुने क्षेत्रमा ठूलो संख्यामा प्रहरी फौज खटाइएको छ। बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए।

काठमाडौं प्रशासनले भने तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको बताइसकेको छ। प्रसाईं समर्थकहरू तीनकुने या बल्खु कता जाने भनेर अलमलमा परेको देखिएको छ।

यता, प्रसाईं समूहले भने आफूहरूको आन्दोलन नरोकिएको र यो अभियान निरन्तर चल्ने बताएका छन्। हिजोको आन्दोलनमा करिब तीन लाख मान्छे आएको प्रसाईं पक्षको दाबी छ भने प्रहरी प्रशासनले भने करिब १० हजारको संख्यामा मात्र प्रदर्शनकारी रहेको दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर