चीनका बालबालिकामा निमोनियाको प्रकोप, डब्ल्युएचओद्वारा जानकारी माग

काठमाडौं ।  चीनले केही स्थानमा बालबालिकामा फैलिएको निमोनियामा कुनै “असामान्य वा रोग लगाउने नयाँ कीटाणु” नभेटिएको जानकारी दिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

डब्ल्यूएचओका अनुसार चीनले कोभिड नियन्त्रण गर्ने उद्देश्यले पहिला गरिएका कडाइहरू हटाएपछि फ्लूजस्तो रोगमा वृद्धि भएको बताएको छ। चीनमा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमण बढेपछि डब्ल्यूएचओले अहिलेको प्रकोपबारे थप विवरण दिन आग्रह गरेको थियो। उसले चीनमा खोप र मास्क लगाउनेजस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

चीनका स्थानीय सञ्चारमाध्यमहरूले हालैका दिनहरूमा त्यहाँ श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको जनाएका थिए। बुधवार एउटा वक्तव्यमा डब्ल्यूएचओले सञ्चारमाध्यममा आएका समाचारबारे ‘प्रोमेड’ मार्फत् थप विवरण मागेको जनाएको थियो। ‘प्रोमेड’ विश्वव्यापी प्रकोप निगरानी प्रणाली हो। डब्ल्यूएचओले उत्तरी चीनका बालबालिकामा देखिएको र हालसम्म कारण पत्ता नलागेको निमोनियाको बारेमा थप जानकारी दिन चीनलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर