लडेर शक्ति बर्बाद नगर्नुस्, अस्थायी टहरा बनाउन जाजरकोट आउनुस् : तोसिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद तोसिमा कार्कीले युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा गरेको प्रदर्शनप्रति इंगित गर्दै आ-आफै लडेर शक्ति बर्बाद नगर्न प्रदर्शनकारीलाई सुझाएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कार्कीले युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा गरेको प्रदर्शनप्रति इंगित गर्दै उनले शक्ति बर्बाद गर्नुभन्दा जाजरकोटमा आएर अस्थायी टहरा निर्माण गर्न आग्रह गरिन् । उनले लेखेकी छिन्, ‘आ-आफैँ लडेर शक्ति बर्बाद किन गर्नुहुन्छ रु बरु आउनुस् दुवै पक्ष यता जाजरकोट तिर, अस्थायी टहरा निर्माण गरौँ।घरसँगै पुरिएका सामानहरु निकालिदिऔँ।म यहिँ छु जाजरकोटमै। तपाईहरुको शक्ति पनि यता जनतालई सदुपयोग गरौँ । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर