कार विष्फोट हुँदा दुई जनाको मृत्यु

काठमाडौं । अमेरिका र क्यानाडको सिमानामा पर्ने रेन्बो ब्रिजमा एउटा कार विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

घटनामा परि सिमा सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रसिद्ध पर्यटकीय स्थल ‘नियाग्रा फल्स’ नजिकको उक्त रेन्बो बिज्रमा अत्यधिक गतिमा हुइँकिएको एउटा कार विष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको कारण पत्ता लागेको छैन ।

यद्यपी न्युयोर्कका गर्भनर क्याथी होचुलले घटनामा आतंकवादी संलग्नताको कुनै संकेत नदेखिएको बताउनुभएको छ ।

नियाग्रा फल्समा रहेको रेन्बो ब्रिज अमेरिका र क्यानाडको सिमानामा बग्ने नियाग्रा नदीमाथिको प्रसिद्ध पुल हो । उक्त पुलमा विष्फोट हुँदा सैंयौं पर्यटक वारी–पारी अड्किएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर