गायिका अनिता साउदको ‘कठै मेरो देश’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं । गायिका अनिता साउदको ‘कठै मेरो देश’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका साउदकै शब्द रचना तथा संगीत रहेको गीतमा नारायण दंगालले एरेञ्ज गरेका छन् । मिलन श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायिका साउद स्वयं फिचर्ड छिन् ।

विशाल गोङ्बाको कोरियोग्राफी रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । भिडियो अनिता साउद युट्युव च्यानलबाटै सार्वजनिक गरिएको छ । गायिका साउदको यसअघि ‘जुन लाग्या की, होस अरेइ नक्कली’लगायत गीत चर्चामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर