काठमाडौं उपत्यकामा मध्यराति भूकम्पको धक्का महसुस

काठमाडौं  । काठमाडौं उपत्यका आसपासमा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार राति १ बजेर १९ मिनेटको समयमा परकम्पको धक्का महसुस गरिएको हो ।

मकवानपुरको चित्लाङलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

मध्यराति काठमाडौँलगायत आसपासका जिल्लामा गएको भूकम्प गोरखा (२०७२ को) भूकम्पको परकम्प भएको भूकम्पविद्ले बताएका छन्। उनका अनुसार भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियो। ‘यो त्यस्तो क्षति नै गर्ने खालको भूकम्प होइन’, भूकम्पविद् डा. अधिकारीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर