‘एनिमल’ मा आफ्नो चरित्र बहुआयामिक र जटिल : रणवीर

काठमाडौं ।  रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ डिसेम्बर १ मा रिलिज हुँदैछ। रिलिजको तरखरमा हुँदा अहिले रणवीर फिल्मको प्रमोसनमा व्यस्त छन्। यसैबीच, रणवीरले ‘एनिमल’ मा आफ्नो चरित्र बहुआयामिक र जटिल रहेको बताएका छन्।

‘एनिमलको स्क्रिनमा फरक रूपमा देखिनु मेरो लागि जानाजानी छनोट हो। मलाई चुनौती सामना मन लाग्छ। एनिमलले मेरो यसअघिको अनस्क्रिन छविबाट बहुआयामी र जटिल चरित्रमा प्रवेश गर्ने अवसर दियो,’ एक अन्तर्वार्तामा रणवीर भन्छन्, ‘कलाकारलाई निरन्तर विकास र दर्शकलाई सप्राइज गर्न महत्त्वपूर्ण छ। त्यो मैले एनिमलबाट गर्न पाएँ।’ रणवीर आफ्नो अभिनयको नयाँ पक्षलाई दर्शकले मन पराउनेमा आशावादी छन्। उनले एनिमल उत्कृष्ट फिल्म बनेको सुनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर