युवासंघको महिलामाथि अमानवीय व्यवहार : भिडियो सार्वजनिक

काठमाडौं ।  एमालेको युवासंघले दुर्गा प्रसाईंको बिहीबारको आन्दोलनमा सहभागी हुन आएका महिलामाथि अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।

उक्त सार्वजनिक भिडियोमा एक होटेलमा राति सुतिरहेका महिलाहरुलाई एमाले कार्यकर्ताहरुले त्यहाँबाट अन्यत्र जान उर्दी जारी गरेका छन् । उनीहरुले ‘दुर्गा प्रसाईंको कार्यक्रममा आएको हो यहाबाट गैहाल्नुस्’ भन्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियो लोकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरु रहेको र उनीहरुलाई लखेट्ने एमालेका युवा संघका नेता विनोद राई भएको बताइएको छ।

मध्यरातमा होटेलमा सुतिरहेका महिलाहरुको स्थानमा पुगेर बाहिर निकाल्ने युवा संघको अमानवीय हर्कतको सर्वत्र निन्दा भइरहेको छ । युवा संघका ईन्चार्ज रहेका एमाले नेता बस्नेतले उक्त भिडियो आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालबाट हटाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर