अर्जेन्टिनाले ब्राजिललाई हरायो

काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ ।

ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो ।

विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वेविरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ ।

ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो ।

तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए ।

खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

प्रहरीसँग समर्थकको भिडन्तले खेल निर्धारित समयभन्दा ढिला गरि सुरु भएको थियो । प्रहरीसँगको भिडन्तमा अर्जेन्टिनी समर्थक केही गम्भिर घाईते भएका छन् । रंगशालामा प्रहरी र समर्थकबीचको भिडन्तको अन्तराष्ट्रिय खेल जगतको ध्यान खिचेको छ ।

विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा हारेको हो ।

अर्जेन्टिनाले १५ अंक सहित छनोट तालिकामा आफुलाई शीर्ष स्थानमा राखेको छ । ब्राजिल ८ अंक सहित छैटौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर