चितवनको सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुनेछ ।

आयोजनकले सोमबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । चलचित्र र पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले सरकारसंगको सहकार्यमा फेष्टिबल आयोजना गर्न लागिएको क्याराभान नेपालका अध्यक्ष तथा फेष्टिबल संयोजक विमल पौडेलले जानकारी दिए । फेष्टिवलमा नेपालसहित ८ वटा देशका उत्कृष्ट फिल्महरुको प्रर्दशन र तथा अन्तरक्रिया समेत गरिने छ । पाँच दिन सम्म चल्ने फेष्टिबलमा अन्य देशका फिल्म निर्माता, कलाकार र नेपालका फिल्म निर्माण र कलाकारहरुको बीचमा अनुभव आदानप्रदान समेत गरिने संयोजक पौडेलले बताए ।

नेपालको चिलचित्र उद्योगलाई माथि उठाउन गर्नुपर्ने अबको प्रयासका बारेमा निर्माता र कलाकारहरुको बीचमा अन्तरसंवाद समेत गरिनेछ । महोत्सव अन्तर्गत तीन दिन चलचित्र र पर्यटनको विकासबारे विज्ञहरु सहितको अन्तरक्रिया कार्यक्रम हुने छ ।

सो फेष्टिबल अन्तर्गत नेतृत्व तहमा रहेका व्यक्तिहरु र कलाकार तथा पूर्वी चितवन र पश्चिम चितववनका युवाहरुबीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता आयोजना गरिने संयोजक पौडेलले जानकारी दिए । सय बढी स्टल रहने सो फेष्टिवलमा स्थानीय खानाका परिकारसंगै हस्तकलाका सामाग्री, स्थानीय उत्पादनसँग सम्बन्धित तथा चलचित्र विकास बोर्ड तथा अन्य सिनेमा सम्बन्धी संघसंस्थाहरुको जानकारीमुलक स्टलहरु रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर