ललितपुरमा पनि ६ महिनाका लागि निषेधाज्ञा जारी

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले  पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा मङ्गलबार जारी आदेशमा पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकिएको हो ।

प्रजिअ पण्डितले जारी गर्नुभएको आदेशमा भनिएको छ, ‘‘मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’’ यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर–नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर