अर्थतन्त्र सुधार्न प्रधानमन्त्रीको विचार–विमर्श कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशा विषयमा कार्यक्रम आयोजना गरेका छन् । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले मंगलबार दिउँसो बैठक आह्वान गरेका हुन् ।

यसअघि सोमबार प्रधानमन्त्रीले अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्कलगायत निकायसँग छलफल गरेको थिए । पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै गएपछि आन्तरिक अर्थतन्त्रका सूचकमा सुधार हुन सकेको छैन । न्यून पुँजीगत खर्च, कर्जा प्रवाहमा कमी, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायतका समस्या देखिएपछि प्रधानमन्त्रीले छलफल कार्यक्रममा धारणा व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर