निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोक्ने काठमाडौं जिल्ला प्रशासन काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार दुई वटा रिट दर्ता भएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मंसिर ७ गते उक्त क्षेत्रमा राजनीतिक प्रदर्शन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो क्षेत्रमा एक महिनासम्मका लागि हिजो सोमबार निषेधित क्षेत्र तोकेको थियो।

प्रशासनको उक्त निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दिएका हुन्। उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर