एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं ।  नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टीले यही मंसिर १४ गतेदेखि एमालेले सामाजिक सदभाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट शुरु गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर