‘रङ्गेली’ मा जुनकिरी बनेकी मिरुना

काठमाडौं । फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’मा मिरुना मगर जुनकिरीको भूमिकामा छिन्। मिरुनाको क्यारेक्टरसहितको पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ।

दयाहाङ राईको ग्याङस्टार लुक र मिरुनाको गम्भीर लुकले दर्शकमा उत्सुकता पैदा गर्ने निर्माण टिमले विश्वास लिएको छ। यस फिल्ममा मिरुना अहिलेसम्मकै फरक चरित्रमा देखिएको फिल्मका निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै लेखन रहेको यस फिल्ममा मिरुना र दयाहाङसहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन्। त्यस्तै, फिल्ममा सुशन प्रजापतिको छायाङ्कन रहेको छ। यस फिल्मको प्रिमियर अमेरिकामा गरिनेछ। अमेरिकासहित अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विभिन्न मुलुकमा एकसाथ रिलिज गरिने निर्माण टिमले जनाएको छ। जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स इभेन्टस्’ले रङ्गेली रिलिज गर्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर