युरो कप २०२४ मा कुल २० देश छनोट

काठमाडौं । युरोकप २०२४ मा कुल २० देश छनोट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनोट खेलबाट अब एक देश छनोट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् ।

अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजक सहित युरोकपका २१ देश छनोट हुनेछन् ।

युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ । आयोजकका हिसाबले जर्मनी सिधै छनोट भएको छ भने युरोकपका लागि छनोट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्याण्ड, समूह बी बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् । त्यस्तै समूह डी बाट टर्की छनोट भएको छ भने अब अन्तिम खेलपछि क्रोसिया र वेल्स मध्ये एक देश सिधै छनोट हुनेछ ।

त्यसैगरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनोट भएका छन् भने समूह एफ बाटबेल्जियम र अस्ट्रिया छनोट भएका छन् । त्यसैगरी समूह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट डेनमार्क र सर्बिया, समूह आर्इ बाट रोमानिया र स्विट्जरल्याण्ड तथा समूह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनोट भएका छन् ।

म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने युरो कपमा छनोट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनोट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरो कपमा पुग्न असफल भएको हो । अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, क्रोसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर