टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा सुनुवाइ भइरहेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भनिएको थियो । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएपनि हेर्न नभ्याइने सूचीमा परेको थियो । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै मङ्सिर १ गते सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा. सुनिलरञ्जन सिंह, त्रिलोकबहादुर चन्द, यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर