पृथ्वीको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस वृद्धि हुने चेतावनी

काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएको छ । दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोहोर्याएको बताएको हो ।

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीमा सन् २१०० सम्ममा २ दशमलव ५ डिग्री सेल्सियस र २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएकाे हाे ।

प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ । अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस रहेको छ । संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर