मौसम : सामान्यतया सफा रहने, काठमाडौंको तापक्रम घट्दै

काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

काठमाडौंको न्यूनतम तापक्रम आज बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो । आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।

“केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ । “तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर