गृह मन्त्रालय सुधारका लागि अध्ययन समिति

काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउने गरी एकीकृत कार्य योजना बनाउन सो अध्ययन समिति गठन गरिएको जानकारी दिए ।

अध्ययन समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शङ्करप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर