दुर्गा प्रसाईं र एमाले दुबै पक्षलाई माइतीघर मण्डला निषेध

काठमाडौं । मंसिर ७ गते बहु प्रचारित दुर्गा प्रसाईंको राजतन्त्र पुनःस्थापना र त्यसकाविरुद्ध नेकपा एमालेले गर्ने प्रतिकार कार्यक्रम निर्धारित स्थान राजधानीको मण्डला माइतीघरमा आयोजना गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टाछुट्टै स्थान तोकिने सक्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले सो क्षेत्र नजिकै अदालतहरू, अस्पतालहरू रहेकाले बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने र त्यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न नदिइने बताए ।

आचार्यले यदि कानुनविपरीतका काम भए गरे कारबाही गर्ने चेतावनी पनि दिए । प्रसाईं र एमाले युवा संघका संयोजक महेश बस्नेतले एकै दिन उक्त स्थानमा कार्यक्रम गर्ने तयारी गरेपछि काठमाडौं जिल्ला प्रशासनले भीडन्तको स्थिति नआवस भनेर कडाइ गर्न कदम उठाउन लागेको हो । पछिल्लो समय उनीहरु एकअर्कालाई खुल्लमखुला विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर