रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

चौरजहारी अस्पतालमा पुर्‍याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम  भइरहेको उनले बताए । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जिप दुर्घटना भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर