कोहली सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं ।  भारतीय टिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् । उनले यसपटक ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाए । कोहलीको सानदार प्रदर्शनका बाबजुद फाइनलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पराजित भयो ।

फाइनलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो । यसाघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत भने यसपटक पनि चुक्यो । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । ऊ यसपटक अपराजित रहँदै फाइनल पुगेको थियो । भारतले फाइनलमा पनि सजह जित निकाल्ने धेरैको अनुमान थियो । तर, उपाधि भिडन्तमा भारतको ब्याटिङ/बलिङ नै कमजोर देखियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर