बेल्जियम युरोकप २०२४ का लागि छनोट

काठमाडौं । बेल्जियम युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको समूह एफको खेलमा अजरबैजानलाई ५–० गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए भने लियान्द्रो ट्रोसार्डले एक गोल थपेका थिए ।

समूहको ८ खेलमध्ये ६ मा जित र २ मा बराबरी गरेको बेल्जियमको २० अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको अजरबैजानको ७ अङ्क छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको १९ अङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर