उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर आज छठ पर्व सम्पन्न गरिँदै

काठमाडौं ।  मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ ।

आज सोमबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन शुक्रबार ‘नहाय-खाए’ गरिएको थियो ।

छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए । त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर