अष्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं ।  अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाको जितमा ट्राभिस हेड नायक बने ।

उनले १२० बलमा ४ छक्का र १४ चौकासहित १३७ रन जोडे । उनकै सानदार सतकीय इनिङको बलमा अष्ट्रेलियाले ४४ बल बाँकी छँदै ४ विकेट खर्चिएर लक्ष्य भेट्टायो । यसैगरी मार्नुस लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा अष्ट्रेलियालाई २ सय ४१  रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाको कसिलो बलिङसामु भारतका लागि केएल राहुलले १०७ बलमा सर्वाधिक ६६ रन बनाएका थिए । अष्ट्रेलियाले १९८७, १९९९, २००२, २००७ र २०१५ मा पनि विश्वकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर