इलाममा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, ३२ जना घाइते

काठमाडौं ।  इलामको रोङ गाउँपालिकामा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार गाउँपालिकाको किटानीमा यात्रुवाहक बस दुर्घटना हुँदा करिब १० वर्षका बालकको मृत्यु भएको हो।

अध्यक्ष स्याङ्बोले धनुषाको धारापानीबाट घुम्नका लागि आएको टोली फर्कदै गर्दा आइतबार अपराह्न दुर्घटना भएको र ३२ जनाको उद्धार गरिएको जानकारी दिए। घाइते ३२ जनालाई थप उपचारका लागि झापाका विभिन्न अस्पताल लगिएको उनले बताए।

बसमा ४० जना सवार रहेका थिए। बसका सहचालक भने घटना हुनुपूर्व ढोकाबाट निस्केर जोगिएका उनको भनाइ छ। ना६ख ८४२४ नम्बरको बस दुर्घट्ना हुादा एकजनाको निधन भएको पनि प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको सनाखत भने भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर