रुकुम पूर्वमा फेरि भूकम्पको अर्को धक्का

काठमाडौं । रुकुम पूर्वमा फेरि भूकम्पको अर्को धक्का महसुस गरिएको छ । आइतबार अपराह्न ४:४७ बजे हुकाम आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि आजै दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि, गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर