टिकटक चलिरहेको भए जानकारी गराउन प्राधिकरणको आग्रह

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि इन्टरेनट वा मोबाइल सेवा प्रदायकले प्रतिबन्धित चिनियाँ एप टिकटकको सञ्चालन गरिरहेको पाइए जानकारी गराउन आग्रह गरेको छ।

प्राधिकरणको निर्देशन कार्यान्वयन नगरी कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको हो।

प्राधिकरणले यसअघि नै सबै इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो। प्राधिकरणले उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर