ट्राफिक प्रहरीको सक्रियतामा ट्याक्सीमा छुटेको गरगहना हस्तान्तरण

काठमाडौं । जडिबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा शनिबार दिउँसो ट्याक्सीमा छुटेको सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले आइतबार धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले धनीलाई हस्तान्तरण गरेका हुन् ।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । प्राप्‍त खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सीसीटीभी फुटेजको सहायतामा खोजी गरेको थियो । ट्याक्सी चालक रोशन बयलकोटी स्वयम् सुनका गहना सुरक्षित लिएर आइतबार बिहान ट्राफिक प्रहरी वृत्त गौशालाको सम्पर्कमा पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर